बैंकहरुको अस्वस्थ प्रतिस्पर्धाले मर्जरको नीति लिनुपर्यो : गभर्नर अधिकारी

सफल खबर संवाददाता

सोमबार, २५ पुस २०७९, १४ : ३३
बैंकहरुको अस्वस्थ प्रतिस्पर्धाले मर्जरको नीति लिनुपर्यो : गभर्नर अधिकारी

काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको अस्वस्थ प्रतिस्पर्धाले मर्जरको नीति लिनुपरेको बताएका छन् ।

मर्जर प्रक्रिया पूरा गरी ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले आजबाट सुरु गरेको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीलेसंस्था बढी हुँदा मध्यस्था लागत बढ्छ’, उनले भने, ‘जसका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा भयो। अर्थतन्त्रमा पनि सकारात्मक योगदान भएन।’यिनै कारणले गर्दा राष्ट्र बैंकले मर्जर नीति ल्याएको गभर्नर अधिकारीले बताएका हुन् ।

अधिकारीले मर्जर नीतिले वित्तीय प्रणाली थप सुरक्षित बन्दै गएको धारणा राखेका छन् । ‘अहिलेसम्म २४७ संस्था मर्ज भएर ६८ संस्था कायम भएका छन्’, उनले भने, ‘ वित्तीय मध्यस्थताको लागत पनि घट्दै गएको छ। वित्तीय प्रणाली पनि थप सुरक्षित हुँदै गएको छ।’

गभर्नर अधिकारीका अनुसार यो वर्ष १४ वटा बैंक मर्जरमा गएका छन्। ‘ठूला बैंक भइरहँदा आफैँले नियमन गर्नुपर्छ’, उनले भने। गर्भनर अधिकारीले उत्पादनशील क्षेत्रमा स्रोत खर्च गर्नुपर्ने सुझाव पनि दिए। बैंकहरुले सानो मर्जरलाई पनि प्रमोट गर्नुपर्ने अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस