विश्वकप २०१८: शीर्षस्थानका ३ खेलाडी

एजेन्सी

बुधबार, २० असार २०७५, १४ : ४८
विश्वकप २०१८: शीर्षस्थानका ३ खेलाडी

रुस विश्वकप २०१८ का समूह चरण तथा प्रि-क्वाटरफाइनलका खेलहरु सकिएका छन् ।

उरुग्वे, फ्रान्स, रुस, क्रोएसिया, ब्राजिल, बेल्जियम, स्विडेन र इंग्ल्यान्ड अन्तिम ८ मा स्थान बनाउन सुरक्षित भएका छन् ।

फुटबल तथ्यांकमा आधारित वेबसाइट हुस्कोर्डका अनुसार यस विश्वकपमा अहिलेसम्मका शीर्ष ३ खेलाडी यी रहेका छन् :

३. नेयमार (ब्राजिल) – ८.५


ब्राजिलका फरवार्ड नेयमारले आफूले खेलेका ४ खेलमा २ गोल तथा १ असिस्ट गरेका छन् । उनले एक खेलमा औसतमा ६ प्रहार पोस्टमा गरेका छन् जुन प्रतियोगितामा सबैभन्दा बढी पनि हो । त्यस्तै उनले १६ वटा गोल गर्ने अवसरहरु पनि सिर्जना गरेका छन् ।

२. एडेन हाजार्ड (बेल्जियम) – ८.७

बेल्जियम तथा चेल्सीका फरवार्ड तथ्यांकका आधारमा दोस्रो उत्कृष्ट खेलाडी रहेका छन् । उनले आफूले खेलेका ३ खेलमा २ गोल र २ असिस्ट गरेका छन् । उनले औसतमा ४ प्रहार गरेका छन् ११ गोल गर्ने अवसरहरु सिर्जना गरेका पनि छन् ।

१. ह्यारी केन (इंग्ल्यान्ड) ८.७


हुस्कोर्डका अनुसार इंग्ल्यान्डका स्ट्राइकर अहिलेसम्म प्रतियोगिताका उत्कृष्ट खेलाडी रहेका छन् । गए राति कोलम्बिया विरुद्ध गोलसंगै उनले प्रतियोगितामा छैठौं गोल दर्ता गरेका छन् जुन प्रतियोगितामा सबैभन्दा बढी हो । उनले ३ खेलमा ९ प्रहार पोस्टमा गरेका छन् भने २ गोल गर्ने अवसर सिर्जना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस