काठमाडौं । विद्युतीय राहदानी जारी गर्ने कार्य अन्तर्गत प्रमाणिकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ । विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्यांक प्रविष्टीपछि प्रमाणिकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि सेवा प्रभावित बनेको थियो । लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको प्राविधिक टोलीले विभागको निरिक्षण तथा प्राविधिक समस्याको विश्लेषणका लागि सूचना प्रविधि शाखाका प्राविधिकहरुलाई परिचालन गरेको थियो । समस्याको पहिचान गर्न प्राविधिक व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले समेत तीन जना प्राविधिक नेपाल पठाएको थियो । प्राविधिकहरुले प्रमाणिकरण प्रक्रियामा देखिएको समस्या हलगरेपछि सेवा सुचारु भएको हो ।
राहदानीको फाराम भर्नेदेखि अन्य प्रक्रियामा लामो लाइन लाग्ने र सेवाग्राहीले सास्ती झेल्नुपर्ने अवस्था अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डले सचिवहरुसँगको बैठकमा निर्देशन दिएका थिए ।
सोही निर्देशनानुसार, राहदानी प्राप्त गर्ने प्रक्रियालाई समस्यारहित र अझै चुस्तदुरुस्त तथा प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढाउने विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ पुस २०७९, २३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक वर्षमा आठ हजार बढीले लिए राहदानी
'अब राहदानी अभाव हुँदैन’
राहदानी वितरण रोकिएपछि सेवाग्राही आक्रोशित
झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी
पोर्चुगलमा राहदानी बनाउन नेपालीको घुइँचो