प्रधानमन्त्रीलाई विश्वासको मतबारे लोसपामा अध्यक्षले निर्णय गर्ने

सफल खबर संवाददाता

आइतबार, २४ पुस २०७९, १६ : ४१
प्रधानमन्त्रीलाई विश्वासको मतबारे लोसपामा अध्यक्षले निर्णय गर्ने

काठमाडौँ  । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय लिने अधिकार अध्यक्षलाई दिएको छ । 

काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयको निर्णय लिने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते मंगलबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेस गर्ने तय भएको छ । बैठकले मधेस प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ भने पार्टी संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय गरेको लोसपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस