काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेल भोगिरहेका रेशम चौधरीको मुद्दा विश्वासको मतपछि टुंग्याउन पहल गर्ने बताएका छन् ।
शुक्रबार थारू कल्याणकारिणी सभाका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतपछि रेशमको मुद्दाबारे टुंगो लगाउन पहल गर्ने आश्वासन दिएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिए ।
उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतपछि रेमशमको मुद्दाको बारेमा टुगो लाग्नेबारे प्रतिवद्धता जनाउनुभयो। टीकापुरको मुद्दा पहिल्यैदेखि राजनीतिक भएकाले यसलाई राजनीतिक तवरले नै टुंगोमा पुर्याउने पहल आफूले गर्ने बताउनुभयो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ पुस २०७९, २० : २९
लेखकबाट थप