काठमाडौं । सत्तारुढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमलाई शुक्रबार अन्तिम रुप दिने तयारी गरेको छ । त्यसका लागि न्यूनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको र त्यसलाई अन्तिम रुप दिन बाँकी रहेको बताए । उनले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलहरूको सुझावलाई समेट्दै ड्राफ्ट तयार भएको जानकारी दिए । उनले सो ड्राफ्टको दफावार छलफल गरी आज सबै काम सक्न प्रयास गरिने बताए ।
बिहीबार नै यो विषयलाई टुंग्याउने भनिएपनि माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थ भएपछि पर घकेलिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ पुस २०७९, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खर्च कटौतीको नारा, तर मन्त्रीका सल्लाहकारमा करोडौं खर्च
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'