जुम्ला । कर्णाली राजमार्ग अन्तरगत जुम्लाको तिला–३ त्रिवेणीमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी यमबहादुर बुढामगरका अनुसार जुम्लाबाट नाग्म जाँदै गरेको क १ स ११ नम्बरको अटो दुर्घटनामा परि पुरन सार्की र आकाश थापाको मृत्यु भएको छ ।
जुम्ला तातोपानी १ निवासी २९ वर्षीय पुरन सार्कीको घटनास्थलमै र तिला ३ थापा गाउँका २० वर्षीय आकाश थापाको अस्पतालमा उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको उनले बताए ।
पाउरोटी ओसार पसार गर्दै आएको अटो अटो कर्णाली राजमार्गबाट १५ मिटर तल तिला नदीको छेउमा खसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ पुस २०७९, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
कर्णाली राजमार्ग चार दिन बन्द हुने
वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध
कर्णाली राजमार्ग अझै सञ्चालनमा आउन सकेन
कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र