लोसपाले संसदीय दलको नेता चयन गर्दै

सफल खबर संवाददाता

विहीबार, २१ पुस २०७९, १४ : ५४
लोसपाले संसदीय दलको नेता चयन गर्दै

काठमाडौँ ।लोकतान्त्रिक समाजादी पार्टी(लोसपा)  मधेश प्रदेशले दलको नेता चयनका लागि शुक्रवार संसदीय दलको बैठक बोलाएको छ ।

लोसपाको प्रदेश सभामा नौजना प्रदेश सभा सदस्य छन् । संसदीय दलको बैठकबाट नेता चयन गर्ने तयारी भइरहेको हो । सो पार्टीका एक नेताले भने, ‘बैठकबाट नै सर्वसम्मतीले नेता चयन गर्नेछौं, त्यहाँ सहमति भएन भने मात्र निर्वाचन प्रकृयामा जान्छौं ।’

अहिलेसम्म लोसपाका कार्यकारिणी सदस्य एवं प्रदेश सभा सदस्य जितेन्द्र सोनलका लागि सहमति हुने सम्भावना छ । यसअघि पनि उनी नै संसदीय दलका नेता थिए । यसपटक पनि उनी नै नेता हुने बताइएको छ । अहिलेसम्म नेता सोनलबाहेक अरु कसैले पनि आफू संसदीय दलको नेता हुने दावी नगरेको पार्टी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस