काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक थप जटिल मोड तर्फ जान सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् । अहिलेको गठबन्धनले सबै समस्या समाधान गर्नेमा जनता बिश्वस्त नभएको थापाको टिप्पणी छ । 'अहिले मुलुकको बिधमान संरचनागत त्रुटिका कारण संसदको आयु पनि पुर्णकालिन नहुने तर्फ आशंका छ' थापाले भने ।
मुलुकको राष्ट्रियता र स्वाभिमान कमजोर बन्ने तथा बिदेशी प्रभाव र हस्तक्षेप बढ्न सक्ने तर्फ राष्ट्रबादी शक्तिहरु चनाखो हुनुपर्नेमा उनको जोड थियो । पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबस मनाउने तयारीका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपाल आगामी दिनमा नयाँ शिराबाट नयाँ उर्जाका साथ अघि बढ्ने समेत बताए ।
राप्रपा नेपालले अंगिकार गरेको मार्गचित्र मुलुकको लागि अहिले झन् आबश्यक रहेको थापाको टिप्पणी थियो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबस चियापान सहित प्रबचन गोष्ठी आयोजना गरेर भब्यता पुर्बक मनाउने निर्णय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ पुस २०७९, १८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ