एजेन्सी । युक्रेनले नयाँ वर्षको अवसरमा पश्चिमा समर्थित देश लेबनानले रातारात ४५ वटा रूसी ड्रोन खसालेको दाबी गरेको छ। नयाँ वर्षको पूर्वसन्ध्यामा मस्कोले कीभ र युक्रेनका शहरहरूमा क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको थियो।
युक्रेनको वायु सेनाले एक विज्ञप्ति जारी गर्दै ४५ वटा ‘शाहेद’ ड्रोन नष्ट गरेको जनाएको छ। सन् २०२२ को अन्त्यमा १३ र नयाँ वर्षमा थप ३२ वटा ड्रोन खसालेको विज्ञप्तिमा उल्लेख छ। युक्रेनी अधिकारीले केही ड्रोन उनीहरूको लक्ष्यमा पुगे वा पुगेनन् भन्नेबारे केही बताएका छैनन्।
कीभ प्रहरी प्रमुख एन्ड्री नेबिटोभले रूसी भाषामा ‘नयाँ वर्षको शुभकामना’ लेखिएको ड्रोनको भग्नावशेषको तस्बिर फेसबुकमा पोस्ट गरेका छन्। उनले लेखेका छन्, “आतङ्ककारी राज्य र यसको सेनाको बारेमा तपाईंले जान्नैपर्ने कुरा यही हो।”
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरेको ११ औँ महिनामा प्रवेश गरेका समय उक्त आक्रमण भएको हो। शृङ्खलाबद्ध सैन्य पराजयपछि रूसले अक्टोबरमा युक्रेनको पूर्वाधारलाई निशाना बनाउन थाल्यो, जसले गर्दा लाखौं मानिस चिसो र अँध्यारोमा परेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १८ पुस २०७९, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने