एजेन्सी । उत्तर कोरियाले आइतबार बिहान आफ्नो पूर्वी तटमा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।
नयाँ वर्षको दिनमा एक विहानै उत्तरले हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको हो । उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको २४ घन्टा बित्न नपाउँदै छोटो दूरीका मिसाइल प्रहार गरेको हो ।
राजधानी प्योङयाङको रोङसोङ क्षेत्रबाट स्थानीय समय अनुसार बिहान २ः५० बजे प्रहार गरेपछि पछिल्लो क्षेप्यास्त्र करिब ४०० किलोमिटर ९२४९ माइल० उडेको दक्षिण कोरियाका संयुक्त प्रमुख कर्मचारी (जेसीएस) ले भनेको छ ।
जेसीएसले प्योङयाङलाई तत्काल परीक्षण रोक्न आग्रह गर्दै भनेको छ ‘हामी उत्तर कोरियाको शृंखलाबद्ध क्षेप्यास्त्र परीक्षणको कडा निन्दा गर्छौं जुन कोरियाली प्रायद्वीप र अन्तर्राष्ट्रिय समुदायको शान्ति र स्थिरतामा चोट पु¥याउने गम्भीर उत्तेजना हो । ’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १७ पुस २०७९, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु
पाकिस्तानी एयर बेसमा भारतीय मिसाइल आक्रमण
मिसाइल खरिदका लागि युक्रेनलाई दुई अर्ब अमेरिकी डलर सहयोग गर्ने बेलायतको घोषणा
भारतले गर्यो हाइपरसोनिक मिसाइलको सफल परीक्षण
इजरायलमाथि इरानको मिसाइल आक्रमण
इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर