काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी रहेको छ ।
सोही बैठकलाई सम्बोधन गर्दै शनिबार पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिको बारेमा समयमा विचार नगर्दा अप्रत्याशित घटना भएर गठबन्धन भंग भएको बताएका हुन। उनले राजनीतिमा नयाँ किसिमको चुनौती देखापरेको र यसलाई आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।
बैठकले आफ्नो पार्टी नयाँ गठबन्धनको सरकारमा जाने(नजाने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ । यसअघि पनि अध्यक्ष नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागि हुने वा नहुने भन्ने बारेमा भूगोलका नेताहरुसँग छलफल गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ पुस २०७९, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड