काठमाडौं । गृह मन्त्रालयले राहदानी वितरण सहज बनाउन विज्ञ टोली गठन गरेको छ । गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन विज्ञ टोली गठन गरेको हो ।
टोलीले बुझाउने अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधान गरिने मन्त्रालयले जनाएको छ । यस विषयमा गृहकन्त्री रवि लामिछानेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल पनि गरेका थिए । सो क्रममा लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्ने बारेमा संक्षिप्त रिपोर्ट पेस गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ पुस २०७९, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक वर्षमा आठ हजार बढीले लिए राहदानी
'अब राहदानी अभाव हुँदैन’
राहदानी वितरण रोकिएपछि सेवाग्राही आक्रोशित
झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी
पोर्चुगलमा राहदानी बनाउन नेपालीको घुइँचो