क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन क्लबमा आबद्ध

रासस

शनिबार, १६ पुस २०७९, ०८ : १०
क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन क्लबमा आबद्ध

एजेन्सी । साउदी अरेबियन क्लब अल नासरले पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई आबद्ध गरेको छ । नासरले रोनाल्डोसँग दुई वर्षको सम्झौता भएको जानकारी दिएको छ । 

 म्यानचेस्टर युनाइटेड छोडेपछि क्लबबिहीन भएका उनी यसअघिदेखि नै साउदी क्लबमा जाने चर्चा चल्दै आएको थियो ।   
३७ वर्षीय रोनाल्डोले फरक देशको नयाँ लिगको अनुभव लिन उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । उनले युरोपमा आफूले सबै सफलता प्राप्त गरेको र अब एसियामा अनुभव बाँड्ने सही समय भएको उल्लेख गरे ।

उनले फुटबल इतिहासकै उच्च तलब वार्षिक एक सय ७७ मिलियन पाउन्डभन्दा बढी प्राप्त गर्ने समाचारहरुमा जनाइएको छ । रोनाल्डो सन् २०२५ सम्म अल नासरमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस