धनगढी । सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार १ बजे प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावललाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराएका थिए । रावललाई प्रदेश प्रमुखको कार्यालयमै शपथ गराइएको थियो ।
त्यसलगत्तै प्रदेशसभा सदस्यलाई सुदूरपश्चिम प्रदेश सभामा शपथ गराइएको हो । प्रदेश प्रमुखबाट शपथ खाएका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश सभाका बाँकी ५२ जना सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथपछि प्रदेशसभा सचिवालयले चियापनको अयोजना गरेको थियो ।
६ जनाले लिए मातृ भाषा र स्थानीय पहिरनमा शपथ
मंसिर ४ गते सम्पन्न प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यमध्ये ६ जनाले मातृ भाषा र स्थानीय पहिरनमा शपथ लिएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित पाँच जना तथा नेपाली कांग्रेसबाट निर्वाचित एक जना सदस्यले मातृ भाषामा शपथ लगेका हुन् ।
मातृभाषमा शपथ लिनेमा कैलाली क्षेत्र नम्बर १ प्रदेशसभा १ बाट निर्वाचित कैलाश चौधरी, प्रदेशसभा २ का लक्ष्मण किशोर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा २ का रामेश्वर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा १ का घनश्याम चौधरी र २ का खुशी राम डगौरा थारूसँगै कांग्रेसबाट समानुपातिक तर्फबाट निर्वाचित कञ्चनपुरकी गीताकुमारी चौधरीले स्थानीय भाषाका लागि निवेदन दिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ पुस २०७९, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेदेखि सुरु हुने
सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी