काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिन सचिवालयले अब समय उपलब्ध नगराउने भएको छ । प्रधानमन्त्रीको सचिवालयले बिहीबार एक सूचना जारी गर्दै बधाई र शुभकामनाका लागि बित्ने समयलाई देश निर्माणका काममा खर्चन उचित हुने धारणा प्रचण्डले व्यक्त गरेकाले सोही अनुसार अघि बढ्न लागेको जनाएको छ ।
‘बधाई र शुभकामनाका लागि बित्ने समयलाई देश निर्माणका काममा खर्चन उचित हुने धारणा व्यक्त गर्नु भएकोले अब उप्रान्त बधाई र शुभकामनाका लागि समय माग नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं’, सचिवालयले जनाएको छ ।
सरकारको कामलाई प्रभावकारी बनाउनका लागि दिने सल्लाह सुझाव सचिवालयमार्फत पेश गरिदिन पनि सूचनामार्फत आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ पुस २०७९, २२ : ०७
लेखकबाट थप