प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूतबीच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, १४ पुस २०७९, २० : ०१
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेट भएको हो । भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

भेटमा राजदूत थम्प्सनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाईसमेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस