काठमाडौं । गण्डकी प्रदेश सभामा नवनिर्वाचित सांसदले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
६० जना सांसदमध्ये ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बुधबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । बाँकी ५९ जना प्रदेश सभा सदस्यलाई बस्यालले आज शपथग्रहण गराउनेछन् ।
प्रदेशसभा सचिवालयले दिउँसो १ बजे शपथग्रहणको कार्यक्रम तय गरेको छ । नयाँ सांसदहरूको स्वागतमा प्रदेश सभा भवनलाई सिँगारेर चिटिक्क पारिएको छ । प्रदेश सभा भवनको गेट अगाडि रातो कार्पेट ओछ्याइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ पुस २०७९, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
आज गण्डकी प्रदेशको नीति तथा कार्यक्रम
गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा
गण्डकीका भौतिक मन्त्री केसीद्वारा सय दिनको उपलब्धि सार्वजनिक
साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक