प्रदुषण तथा यान्त्रिक चेकिङका क्रममा ३८ वटा सवारी साधन कारवाहीमा

सफल खबर संवाददाता

बुधबार, १३ पुस २०७९, २० : ११
प्रदुषण तथा यान्त्रिक चेकिङका क्रममा ३८ वटा सवारी साधन कारवाहीमा

काठमाडौं । काठमाडौँको किर्तिपुर र चावहिलमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका तथा अत्याधिक धूँवा फाल्ने ३८ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ । 

अत्याधिक धूँवा फाल्ने १५ वटा  र यान्त्रिक अवस्था ठिक नभएका २३ वटा सवारी साधनका चालक कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

वातावरण विभाग बबरमहल तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले कीर्तिपुमा ४५ वटा सवारी साधनलाई चेक गर्दा अत्याधिक धूवा फाल्ने १५ वटा कारवाहीमा परेका हुन् । 

त्यस्तै दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलिद्वारा काठमाडौँको चावहिलमा गरिएको ११३ वटा सवारी साधन चेकिङमा हेण्डब्रेक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका २३ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस