काठमाडौं । रौतहटको ईशनाथ नगर क्षेत्रबाट ठुलो परिमाणमा भारतबाट अवैध रूपमा आयातित भैँसीको घिउ बरामद गरेको छ।
विशेष सूचनाको आधारमा ईशनाथ नगरपालिका ४ स्थित शिवमंगल महराको खरको गोठ बाट आइतबार साँझ सशस्त्र प्रहरीको टोलीले १६ कुईन्टल घिउ बरामद गरेको हो ।
बरामद घिउको ८ लाख ५३ हजार मूल्याङ्कनसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौर पठाइएको सशस्त्र प्रहरी ११ नम्बर हेक्का प्रमुख एसपी ध्रुवबहादुर कार्कीले जानकारी दिए ।
पछिल्लो समय स्थानीय तथा भारतीय तस्करको समूहले सीमावर्ती भारतीय बजारबाट भैँसीको घिउ खरिद गरी अबैधरूपमा औरैयाबाट चल्ने रात्रीसेवा यात्रुवाहक बसमा राखेर राजधानी काठमाडौंसम्म पुर्याउँदै आएका थिए । पछिल्लो समय रौतहटमा विभिन्न भारतीय सामानको तस्करी बढेको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
सशस्त्र प्रहरीको प्रवक्तामा नायव महानिरीक्षक कार्की
सशस्त्र प्रहरीका तीन डिएसपी एसपी पदमा बढुवा सिफारिस
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन