मन्त्रीबारे छलफल गर्न सात दलीय सत्ता गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, ११ पुस २०७९, ०९ : १२
मन्त्रीबारे छलफल गर्न सात दलीय सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक बोलाइएको छ । सोमबार विहान ११ बजे पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक बोलाइएको  हो ।

संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा माओवादी केन्द्र, नेकपा एमाले,  राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति सहभागी हुने छन् । 

उक्त सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए ।  प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । मन्त्रीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस