काठमाडौं । राप्रपा नयाँ सरकार निर्माणमा अनिर्णयको बन्दी नबन्ने भएको छ ।आइतबार बसेको पार्टी पदाधिकारीको बैठकले नयाँ सरकार निर्माणका लागि अनिर्णयको बन्दी नबन्ने निर्णय गरेको हो ।
एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा नयाँ सरकार गठनबारे छलफलपछि राप्रपाले पदाधिकारी बैठक डाकेको थियो । सो बैठकले नयाँ सरकार बनाउन संख्या नपुग्ने अवस्थामा अनिर्णयको बन्दी नबन्ने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए ।
उनका अनुसार राप्रपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० पुस २०७९, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त