गठबन्धन दलको बैठक बालुवाटारमा बस्दै

सफल खबर संवाददाता

शनिबार, ०९ पुस २०७९, १४ : ५४
गठबन्धन दलको बैठक बालुवाटारमा बस्दै

नयाँ सरकार गठनबारे छलफलका लागि सत्ता गठबन्धन दलको बैठक बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । बैठकमा सत्ता गठबन्धन दलका पहिलो तहका नेता र सहयोगीका रुपमा केही दोस्रो तहका नेताहरूबीच छलफल हुने महतले बताए । 

निर्वाचन सम्पन्न भएपश्चात नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको एक साताको समय सकिन एक दिन बाँकी रहँदा समेत दलहरूबीच सरकार गठनका लागि शक्ति बाँडफाँडमा सहमति जुट्न सकेको छैन ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका महत्वपूर्ण पदहरुको गठबन्धन दलहरूबीच भागवण्डा मिल्न नसक्दा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन । यसअघि बसेका सत्ता गठबन्धन दलको बैठक विना निष्कर्ष टुङ्गिँदै आएको छ ।