काठमाडौं । चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा विदेशबाट ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको वस्तु आयात भएको हो ।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा २०.७१ प्रतिशतले आयात घटेको छ । गत आर्थिक वर्षको यही अवधिमा विदेशबाट ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यस्तै, ५ महिनाको अवधिमा नेपालबाट ६७ अर्ब ३० करोड ४५ लाख रूपैयाँ बराबरको निर्यात भएको छ । गत वर्षको यही अवधिमा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । जुन, यो वर्षको तुलनामा ३४.६१ प्रतिशत बढी हो ।
आयात र निर्यात घटेसँगै नेपालको वैदेशिक व्यापार समेत खुम्चिएको छ । गत आर्थिक वर्षको ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । जुन, यो वर्षको ५ महिनाको अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत वर्षको तुलनामा २२.२३ प्रतिशत कम हो ।
यस्तै, चालू वर्षमा नेपालको वैदेशिक व्यापार घाटा समेत घटेको छ । आयात खुम्चिएपछि चालू वर्षको ५ महिनाको अवधिमा १८.७७ प्रतिशतले व्यापार घाटा खुम्चिएको छ । गत वर्ष ७ खर्ब ३५ अर्ब ४८ करोड रूपैयाँ व्यापार घाटा भएको थियो । जुन, यो वर्ष ५ खर्ब ९७ अर्ब ४४ करोड रूपैयाँमा सिमित छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ पुस २०७९, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन अवधिलाई लक्षित गर्दै एलपी ग्यास आयात बढाइयो, एकै दिन १३८ बुलेट भित्रियो
पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात
काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो
दुई खर्ब बढीको पेट्रोल आयात, यी हुन् सबैभन्दा बढी आयात हुने वस्तु