एजेन्सी । विद्रोह उक्साएपछि डोनाल्ड ट्रम्पलाई सार्वजनिक पदमा उम्मेदवार हुन दिन नहुने अमेरिकी क्यापिटलमा गत वर्ष भएको आक्रमणको अनुसन्धान गरिरहेका सांसदहरूले आफ्नो अन्तिम प्रतिवेदनमा निष्कर्ष निकालेका छन् ।
गत वर्ष अमेरिकी क्यापिटलमा भएको आक्रमणको छानबिन गर्ने संसदीय समितिले यसअघि पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको थियो । विद्रोहलाई उक्साउने, आधिकारिक कार्यबाहीमा अवरोध पु(याउने, अमेरिकी सरकारलाई धोका दिने षड्यन्त्र र झूटा बयान गरेकोमा ट्रम्पमाथि थप अनुसन्धान गर्न समितिले न्याय मन्त्रालयलाई आग्रह गरेको थियो ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भने सोमबार सदनका सांसदहरूले आफूलाई फेरि ह्वाइट हाउसको लागि उम्मेदवार हुनबाट रोक्नको प्रयासको रूपमा आफूविरुद्ध ‘नक्कली आरोप’ लगाएको दाबी गरेका छन्
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०९ पुस २०७९, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक
ट्रम्पले बीबीसीविरुद्ध किन हाले मुद्दा ?
थाइल्यान्ड र कम्बोडियाको युद्ध रोक्न म फोन गर्छु : ट्रम्प
ट्रम्पलाई किन भेट्न चाहन्छन् जेलेन्स्की ?
रुस–युक्रेन युद्ध रोक्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ होइन : ट्रम्प