सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक बस्दै

सफल खबर संवाददाता

शुक्रबार, ०८ पुस २०७९, १५ : २३
सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज पनि बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेपछि बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने छन् ।

बैठकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शीर्ष पद बाँडफाँटका बारेमा निर्णायक छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस