सुनसरी । सुनसरीको बराह क्षेत्र नगरपालिका-२ स्थित आदर्श सामुदायिक वनमा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएको छ ।
हप्ता दिनदेखि बराह क्षेत्र नगरपालिकाको जंगलभरी २२ वटा हात्ती घुमिरहेका छन् । सामुदायिक वनको रेल्वे लाइनमा फेला परेको मृत एउटा हात्ती हेर्नेको भीड लागेको छ । जंगलमा हात्तिको संख्या धेरै भएकाले यस क्षेत्रका वासीन्दालाई सचेत हुन आग्रह गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बताए ।
अहिले घटना स्थलमा सशस्त्र प्रहरी, जनपद प्रहरी वन रक्षकको टोलीले मुचुल्का तयार गरी मृत हात्तीको व्यवस्थापन गर्ने कार्य भइरेको छ । बराहक्षेत्रको जंगलमा १५ र ७ गरी दुई समूहमा हात्तीको जमातले विध्वंस मच्चाइरहेको स्थानीय डम्बर सिग्देलले बताए।
जंगली हात्तीको संख्या धेरै भएकाले यस क्षेत्रका वासीन्दाहरू त्रसित भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ पुस २०७९, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु