चितवन । चितवनमा गत पाँच महिनामा सवारी दुर्घटनामा परी ४० जनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न स्थानमा १६२ वटा सवारी दुर्घटनाबाट उक्त संख्यामा मृत्यु भएको हो । दुर्घटनाबाट मृत्यु हुनेहरूमा पुरुष धेरै छन् ।
सो अवधिमा ३३ जना पुरुष, ४ जना महिला र ३ जना बालबालिकाले ज्यान गुमाएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तै उक्त अवधिमा ९२ जना गम्भीर घाइते र २१५ जना सामान्य घाइते भएका समेत प्रहरीले जनाएको छ । मोटरसाइकल १३३, जिप, कार ३४, ट्रक ट्याङ्कर ३१, बस १५, माइक्रोबस छवटा, ट्याक्टर पाँच, ट्याम्पु आठ, टिपर चार, शारीरिक शक्तिबाट चल्ने १२ वटा र अन्य ४ वटा रहेको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ पुस २०७९, १७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु