काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानको मौसम बिग्रिएको छ। बिहीबार काठमाडौँसहित देशका पहाडी तथा तराईका भूभागमा हुस्सु, कुहिरोले ढाकेको छ। हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको मौसमविद्हरुले बताएका छन्।
काठमाडौंँ उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ। जसका कारण उडानहरू अवरुद्ध भएका छन्। उडानहरू अवरुद्ध बन्दा यात्रा गर्नेहरूलाई भने असहज भएको छ।
हुस्सु र कुहिरोका कारण काठमाडौँमा पनि जाडो बढेको छ। अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सुरकुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ।
आगामी २४ घण्टामा तराईका केही भूभागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले विभागको आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ पुस २०७९, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : धेरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना