ट्विटरको सीईओ पदबाट राजीनामा दिन सक्छन् मस्क

एजेन्सी

बुधबार, ०६ पुस २०७९, ०९ : ०१
ट्विटरको सीईओ पदबाट राजीनामा दिन सक्छन् मस्क

एजेन्सी । ट्विटरका नयाँ सीईओ एलोन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिन लागेको बताएका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘यस कामका लागि मूर्ख भेट्ने बित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु । त्यसपछि म सफ्टवेयर र सर्भर टोलीसँग मात्र काम गर्नेछु।

यसअघि इलोन मस्कले ट्वीटरको सीईओ पद छाड्ने कि नगर्ने भनेर ट्वीटरमा सर्वेक्षणा गरेका थिए । उनले नतिजा जे आए पनि स्वीकार गर्ने समेत लेखेका थिए। यस सर्वेक्षणमा ५७.५ प्रतिशतले पद छाड्ने पक्षमा र ४२।५ प्रतिशतले विपक्षमा मतदान गरेका थिए । एलोन मस्कको ट्विटर खरिद गरेदेखि, उनले ल्याएका परिवर्तनहरूको लागि उनको आलोचना भइरहेको छ।

उनीहरू प्रायः केही विषयमा जनमत संग्रह गरेर निर्णयको घोषणा गरेर जनतासँग प्रतिक्रिया माग्छन्। एलोन मस्क टेस्ला र स्पेस एक्सका मालिक पनि हुन्।

प्रतिक्रिया दिनुहोस