पाल्पा । तानसेन–रिडी सडकअन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित बाहुन डाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ट्रकसँग ठोक्किएर मोटरसाइकलमा सवार नरबहादुर गाहाको मृत्यु भएको हो ।
तानसेनबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु१ख ९१३४ नम्बरको ट्रकलाई उछिन्ने क्रममा लु६८प २०५ नम्बरको मोटरसाइकलमा सवार ३० वर्षीय गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मृतक गाहा रिब्दीकोट गाउँपालिका–६, ठिमुरेका हुन् ।
मोटरसाइकलको पछाडि बसेका गाहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक २६ वर्षीय शेरबहादुर गाहाको अवस्था सामान्य रहेको छ । ट्रक चालक र ट्रकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ पुस २०७९, २१ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, १ घाइते
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते