यू-२३ नेपाली भलिबल टोली बंगलादेश प्रस्थान

सफल खबर संवाददाता

मंगलबार, ०५ पुस २०७९, १४ : ०४
यू-२३ नेपाली भलिबल टोली बंगलादेश प्रस्थान

काठमाडौं । काभा यू-२३ मुनिको पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली आज मंगलबार बंगलादेश प्रस्थान गरेको छ ।

सोही टोलीलाई यसअघि आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाल भलिबल संघले बिदाइ गरेको थियो । यू-२३ मुनिको पुरुष भलिबल च्याम्पियनसिप यहि पुस ७ देखि ११ गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुने भएको छ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी ४ टोली सहभागी रहेका छन् । ४ टिम सहभागी प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस