धनगढीमा गोली चल्यो, एकजना घाइते

सफल खबर संवाददाता

मंगलबार, ०५ पुस २०७९, १२ : १३
धनगढीमा गोली चल्यो, एकजना घाइते

धनगढी । धनगढी उपमहानगरपालिका–९ शिवरामनगर टोलमा गोली चलेको छ । शिवरामनगर टोलमा आज मंगलबार बिहान २ः४५ मा गोली चलेको हो । स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा चोरहरूले गोली प्रहार गरेको विष्टले बताएका छन् ।

गोली लागेर विष्ट सामान्य घाइते भएका छन् भने स्थानीयको घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेका छन् । विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गर्दा डाँकाहरूको समूहलाई लखेट्दा अर्को राउन्ड फायर गरेको विष्टले बताए ।

तर, यो सम्बन्धमा कैलाली प्रहरीसँग बुझ्दा चोरहरू र स्थानीयबीच हात हालाहाल मात्रै भएको बताएको छ । गोली नचलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

स्थानीयले भने प्रहरीले गोलीका खोकाहरु समेत लिएर गएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस