काठमाडौं । संघमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण र नयाँ सरकार गठनको प्रक्रिया समेत सुरू भएकाे छ । तर मधेश प्रदेशमा भने नयाँ सरकार गठनको प्रक्रिया सुरू नै हुन सकेकाे छैन । यहाँका राजनीतिक दलहरूले संसदीय गतिविधिका लागि खासै चासो नराखेका कारण उत्साह बढ्न नसकेको हो । प्रदेशसभा सचिवालय समेत सर्वदलीय बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गर्न सकेको छैन् ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेतृत्वसँग अनौपचारिक कुराकानी भइरहे पनि ठोस योजना बनिनसकेको मधेश प्रदेश सभा सचिवालयले जनाएकाे छ । अर्को हप्तासम्म सर्वदलीय बैठक बोलाउने तयारी गरे पनि दलहरूबाट प्रष्ट संकेत नआएकाले निष्कर्षमा पुग्न नसकेको हाे । प्रदेशको नेतृत्व केन्द्रीय सत्ता समीकरणको पर्खाइमा भएका कारण पनि ढिला भएका अनुमान गरीएको छ ।
पार्टीहरूको संसदीय दल र नेतृत्व चयन समयमै भए सजिलो हुने सचिवालयले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ पुस २०७९, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
मानव कल्याणसम्बन्धी कामलाई प्रभावकारी बनाउँछौँ’: मुख्यमन्त्री सिंह
बुधवार मधेश प्रदेशमा सार्वजनिक बिदा