मोरङ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-४ बस्ने २० वर्षीय सचिन तिमलसिना र सोही नगरपालिका-६ बस्ने २१ वर्षीय प्रताप तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती किशोरीलाई सुन्दरहरैचा नगरपालिका-७ बेलगाछिस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै उक्त घटनामा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ पुस २०७९, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ