काठमाडौँ । नेकपा माओवादी केन्द्रले गठबन्धन दलहरुको संसदीय दलको नेता छनोट भएपछि मात्रै पावर सेयरिङ विषयमा छलफल अघि बढाउने निर्णय गरेको छ । कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको पदाधिकारीहरुको बैठकले सरकारको नेतृत्वसहित पावर सेयरिङको विषयमा छलफल गर्ने निर्णय गरेको हो ।
"अहिले गठबन्धन दलबीचमा भएको छलफलको प्रक्रिया भर्खर प्रारम्भ भएको हुँदा आ-आफ्नो दलका नेताहरु चयन भइसकेपछि गठबन्धन दलको बैठक बसेर कसरी सरकारमा सहभागिता हुने, संसदको नेतृत्व कसरी चयन गर्ने र समग्र देशको नेतृत्व कसरी तय गर्ने भन्ने विषयमा गठबन्धन दलमा छलफल हुन्छ," बैठकपछि माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सञ्चारकर्मीहरुलाई भने ।
शर्माकाअनुसार आइतबारको बैठकमा शपथग्रहण भए पनि संसदीय दलको नेता छान्ने र त्यसपछि नेतृत्वको बारेमा छलफल गर्ने निर्णय गरेको बताए । 'गठबन्धन दलहरुबीच भर्खर छलफल प्रारम्भ भएको हुँदा आ(आफ्नो दलको नेताहरु चयन भइसकेपछि अन्य विषयमा छलफल हुन्छ' शर्माले भने ।
शनिबारमात्रै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा कांग्रेसका नेता शेरबहादुर देउवासँग भेट गरी शक्ति बाँडफाँटको विषयमा धारणा माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ पुस २०७९, १७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै