सोलुखुम्बु । प्रहरीले भरुवा बन्दुक र खुकुरीसहित सोलुखुम्बुबाट दुईजनालाई पक्राउ गरेको छ । माप्य दुधकोशी गाउँपालिका–२ बस्ने ३२ वर्षीय खगेन्द्र राई र सोही ठाउँ बस्ने २४ वर्षीय प्रवेश राईलाई १ थान भरुवा बन्दुकसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
सोलु दुधकुण्ड नगरपालिका–१ छिर्दी खोलास्थित निर्माणाधीन पुलका कामदारहरुलाई उनीहरूले धाकधम्की दिई कामदारहरूको मोबाइलसमेत लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ पुस २०७९, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ
डीएसपी मधु नेपाल पक्राउ