प्रधानमन्त्री देउवालाई निर्वाचन प्रतिवेदन हस्तान्तरण

सफल खबर संवाददाता

विहीबार, २९ मंसिर २०७९, १७ : ०४
प्रधानमन्त्री देउवालाई निर्वाचन प्रतिवेदन हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन हस्तान्तरण गराएको छ ।

प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन हस्तान्तरण गरेका हुन ।प्रधानमन्त्री देउवाले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गरी समयमै अन्तिम परिणाम घोषणा गरेकोमा आयोगलाई धन्यवाद दिए ।

त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको सारसंक्षेप, अशल अभ्यास एवं चुनौतीबारे अवगत गराए । निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा, आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेल उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस