राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

सफल खबर संवाददाता

विहीबार, २९ मंसिर २०७९, १५ : ५९
राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले प्रभाकरले राजीनामा दिएको जनाएको छ ।

लगातारको खराव नतिजा, खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा प्रश्न उठेपछि क्यानले उनको राजीनामा मागेको थियो । 

राजीनामा दिनु अघि नै प्रभाकर भारत फर्किसकेका छन् । तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस