काठमाडौं । इलाम-१ बाट पराजित भएका नेपाल कम्यूनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले धाँधली गरेर आफूलाई हराइएको बताएका छन् ।
पुनः मतदान गराउनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका खनालले आफ्नो निकटतम प्रतिस्पर्धीसँग मिलेर निर्वाचन अधिकृत र अरु कर्मचारीले आफूलाई पराजित गराएको दाबी गरेका हुन् ।
उनले वारेशमार्फत सर्वोच्च अदालतमा पेस गरेको निवेदनमा भनिएको छ, ‘निर्वाचन अधिकृत तथा मतदान अधिकृतको अन्यायपूर्ण र पक्षपाती निर्णय र कार्यले निर्वाचन निष्पक्ष नभएकाले मेरो संवैधानिक, कानूनी, नागरिक एवं राजनैतिक अधिकारको हनन् भएकाले पक्षपातपूर्ण निर्वाचन बदर गरी पुनः निर्वाचन गराउने गरी इन्फास हुन अदालतमा आएको छु ।’
खनालले ५९ हजार ३७९ मत खसेकोमा गन्ने बेलामा ५९ हजार ७०५ मत पाइएकोले धाँधली भएको पुष्टि हुने दाबी गरेका छन् । उनले स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन हुन नसकेको दाबी गरेका छन् । विश्वसनीय र भयरहित निर्वाचन नभएकाले फेरि निर्वाचन हुनुपर्ने उनको माग छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ मंसिर २०७९, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता