काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक गरेको छ । बुधबार आयोग कार्यालयमा भएको पत्रकार सम्मेलनमार्फत् आमनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो ।
यस्तै आयोगले प्रतिनिधिसभातर्फको अन्तिम मतपरिणाम भोलि बिहीबार राष्ट्रपतिसमक्ष पेस गर्ने जनाएको छ । प्रदेश सभातर्फको अन्तिम मतपरिणाम आउँदाे २ पुसमा प्रदेश प्रमुखसमक्ष बुझाइने निर्वाचन आयाेगले जनाएकाे छ ।
आयोगले तयार पारेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमध्ये प्रतिनिधि सभातर्फ १८४ जना पुरुष (६६ दशमलव ९० प्रतिशत) र ९१ जना महिला (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएका आयोगले जनाएको छ ।
यता प्रदेशसभातर्फ ३५० जना पुरुष (६३ दशमलव ६४ प्रतिशत) र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएका छन् ।यसपटकको आम निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ८६ वटा राजनीतिक दलमध्ये ६१ वटा र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका आयोगले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ मंसिर २०७९, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम
६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ
प्रतिनिधिसभा निर्वाचन १९ दिन बाँकी : १४ जिल्लाको मतपत्र छाप्न बाँकी
प्रतिनिधि सभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण