कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

बुधबार, २८ मंसिर २०७९, ०८ : १४
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यद्यपि बुधबार बिहान तराई भूभागको केही स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको छ । यस्तै पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

यसैगरी दिउँसो प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  

महाशाखाले राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस