काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दिएका छन् ।
निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न खनालको तर्फबाट रिट दायर भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
उनले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद सचिवालयलाई समेत विपक्षी बनाएका छन् ।
खनाल नेकपा एमालेका महेश बस्नेतसँग पराजित भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ मंसिर २०७९, १८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'एमालेले निकाले पनि भीम रावल देशभक्त नेता हो’ : झलनाथ खनाल
लिपुलेकमात्र होइन, सुगौली सन्धिअघिका सबै भू-भाग नेपालकै हुन्: झलनाथ खनाल
झलनाथ र खड्गबहादुर विश्वकर्माबिच छलफल
माधव नेपाललाई भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, तर गलत बुझियो : झलनाथ खनाल
दलहरू मुलुकको आर्थिक तथा सामाजिक सुधारका लागि गम्भीर हुनुपर्छ : नेता खनाल
'हरेकदिन २५ सय मानिस विदेशिन्छन्, यही हो बहुदलीय जनवाद ?' : झलनाथ खनाल