मलको ‘कालोबजारी’ गर्ने एक युवक पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २७ मंसिर २०७९, ११ : ११
मलको ‘कालोबजारी’ गर्ने एक युवक पक्राउ

जनकपुरधाम । युरिया मलको कालोबजारी गरेको आरोपमा सप्तरी प्रहरीले १९ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा राजविराज नगरपालिका १० दिघवाका १९ वर्षीय राजकुमार दास रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

दिघवास्थित दासले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी मुल्यमा लुकाई छिपाई भण्डारण गरी बिक्री वितरण गर्दै आइरहेको सूचनाको आधारमा खटेको प्रहरी टोलीले नेपाल सरकारबाट अनुदानित रासायनिक मल अंकित खेती शक्ती मल लेखिएको मल बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए।

प्रति बोरा ५० केजीको दरले रहेको ३५ बोरा मलसहित दासलाई नियन्त्रणमा लिएर कालो बजार अन्तर्गत मुद्दा दर्ता गरी मुद्दा हेर्ने अधिकारी जिल्ला प्रशासन कार्यालय सप्तरीमा उपस्थित गराई ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस