काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणाली भित्र तरलतामा सुधार आइरहेको बताएका छन् । उनले अन्तरबैंक दर साढे ८ बाट ७.०७ प्रतिशतमा झरेको समेत जानकारी दिए ।
नेपाल बैंकर्स संघको वार्षिक साधारण सभाका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो जानकारी गराएका हुन् । उनले वित्तीय क्षेत्र अब ट्रयाकमा आएको बताए । नेपालको अर्थतन्त्रमा संरचनात्मक समस्या भएको भन्दै उनले मुख्य ड्राइभर रेमिट्यान्स रहेको उल्लेख गरे । यसबाट सिफ्ट हुनुपर्ने समेत उनको भनाइ छ ।
गत वर्ष ९० अर्ब निक्षेप दोहोरो गणना भएको जानकारी गराउँदै उनले त्यसमा सुधार गरिएको जानकारी दिए । अहिले स्थायी तरलता, सुविधा आउट स्ट्यान्डिङ ५ अर्बमा झरेको भन्दै उनले साढे ८ प्रतिशतको अन्तरबैंक दर ७।०८ प्रतिशतमा झरेको समेत बताए । यसले बजारमा तरलता भित्रभित्र सुध्रदै गएको संकेत गर्ने उनको भनाइ छ । थप ऋण नपाएको कुरा बाहिर आएको भन्दै उनले भने, ‘बाहिरबाट आएर तरलता बढ्ने होइन, रिकभरी बेस ल्यान्डिङ हुनुपर्यो ।’
यसैबीच बैकर्स संघको साधारणसभाले कार्यसमिति सदस्यमा सन्तोष कोइराला र दिपक कुमार देको कार्यकाल दोहोर्याउने निर्णय गरेको छ । रिक्त एक पदमा एभरेष्ट बैकका प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ मंसिर २०७९, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैङ्कले गर्यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ
गभर्नर विश्वनाथ पौडेलविरुद्धको रिटमा आज पेसी
गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्चमा रिट
विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति
गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त