काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समनुपातिकतर्फका ७ सांसदको सूची तयार गरेर निर्वाचन आयोगमा बुझाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई पुरुष र ५ महिलाहरूलाई समेट्दै आयोगमा नामावली बुझाएको हो ।
खस आर्यबाट पशुपतिशम्शेर राणा छनोट हुँदा अर्का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी छुटेका छन् । राणा खस आर्यको पहिलो नम्बरमा र लोहनी दोस्रो नम्बरमा थिए ।
५ जना महिलामा रोशन कार्की, बिना लामा, बिना जयशवाल, अनिशा नेपाली र गीता बस्नेतको नाम सिफारिस भएको छ । राप्रपाले समानुपातिक सांसदहरूको नाम औपचारिक रुपमा भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ मंसिर २०७९, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग