झापाको बुद्धशान्तिमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

रासस

शनिबार, २४ मंसिर २०७९, १५ : ०३
झापाको बुद्धशान्तिमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

झापा। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले झापाको बुद्धशान्ति गाउँपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय गणेश माध्यमिक विद्यालयसँग सहकार्य गरेर विद्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ६ सय ५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १ सय ९२ जनाको भिडियो एक्सरे, १ सय ८९ जनाको रक्त परीक्षण र १ सय ४२ जनाको मुटुको जाँच इसीजी गरिएको छ । शिविरमा नोबेलका विशेषज्ञ डाक्टरहरूको टोलीले बिरामीको जाँच गरेको थियो । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस