कर्णाली। कर्णालीमा सहज हवाई यातायात नभएको भन्दै अनलाइन टिकटको व्यवस्था गर्न माग गरिएको छ । दुर्गम हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकको सहज यातायातका लागि अनलाइन टिकट अनिवार्य रूपमा लागू हुनुपर्ने माग गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्गमका नागरिकको हवाई यातायातको समस्या सम्बोधनका निम्ति आवश्यक पहलका लागि गृह मन्त्रालयलगायत निकायलाई अनुरोध गरिएको बताए ।
‘गमगढीसम्म सडक जोडिए पनि भौगोलिक विकटता र जीर्ण सडकले यातायात नियमित र व्यावसायिक हुन सकेको छैन,’ उनले भने, ‘यहाँका बिरामी, अशक्त, महिला, बालबालिका र ज्येष्ठ नागरिकसहित रारा आउने पर्यटकका लागि यातायातको एकमात्र विकल्प हवाई यातायात हो ।’
यसमा अनलाइन टिकटको व्यवस्था नहुँदा कालोबजारी बढ्नाका साथै टिकट लिनका लागि अनावश्यक भीडभाड र झैझगडा हुँदा शान्तिसुरक्षा प्रदान गर्नसमेत चुनौती थपिएको उनले बताए ।
उनका अनुसार कर्णालीमा सेवारत नेपाल एयरलायन्स, सीता, तारा र समिट एयरलायन्सले हवाई टिकट व्यवस्थित नगर्दा यात्रुले हैरानी खेप्नुपरेको छ । मुगुलगायत माथिल्लो कर्णालीका सबै जिल्लाका यात्रुको चापको अनुपातमा नियमित हवाई उडान र त्यसका लागि एयरलायन्सको हवाई टिकट वितरण अनलाइन प्रणालीमार्फत हुन सके मात्र यहाँका नागरिकलाई सहजता मिल्ने प्रमुख जिल्ला अधिकारी महतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ मंसिर २०७९, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई