काठमाडौं । समानुपातिक सांसद चयन गर्न कांग्रेस, एमाले र जसपाले शनिबार बैठक बोलाएका छन् । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय र जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्न लागेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनपछि पहिलोपटक शनिबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठकमा कांग्रेसले समानुपातिकतर्फ प्राप्त ३२ सांसदमा क–कसलाई पठाउने भन्नेबारे निर्णय गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसलाई निर्वाचन आयोगले २९ जना महिला र तीनजना पुरुष सांसद पठाउन सूचित गरेको छ । यस्तै, प्रदेश सांसदबारे पनि सोही बैठकले निर्णय गर्ने भएको छ । कांग्रेसले प्रदेशमा १११ सिट पाएको छ ।
यस्तै, एमाले केन्द्रीय सचिवालय बैठक शनिबारका लागि सरेको छ । एमाले अध्यक्ष केपी ओलीले शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका थिए । तर, ओलीको कार्यव्यस्तताका कारण एमाले बैठक आज बस्न सकेन । पदाधिकारी उपस्थित रहने सो बैठक शनिबार बस्ने तय भएको छ । एमालेले ३४ सिट पाएको छ । जसमा उसले १५ पुरुष र बाँकी महिला सांसद पठाउनुपर्ने छ । एमालेले प्रदेशमा ९१ सिट पाएको छ ।
यस्तै, शनिबार बिहान ८ बजे जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिएका छन् । बैठकले समानुपातिकतर्फका सांसदबारे निर्णय गर्ने भएको छ। जसपाले समानुपातिकमा पाँचजना पाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २३ मंसिर २०७९, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा