काठमाडौं । राप्रपाले समानुपातिकतर्फको सांसदको टुंगो लगाउनका लागि बैठक बोलाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शनिबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक तय भएको जानकारी दिए ।
उनका अनुसार बैठकमा निर्वाचनको समीक्षा एवं निर्वाचन आयोगले दिएको समयसीमाभित्र प्रतिनिधि सभा तर्फको ७ र विभिन्न प्रदेशसभातर्फको १७ समानुपातिक सदस्य टुंगो लगाउने विषयमा छलफल हुनेछ ।
बैठक शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ । राप्रपाले निर्वाचनबाट प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ गरेर समानुपातिकमा २४ सिट भाग पाउँदा प्रत्यक्षसमेत गरेर ४२ सिटमा जितेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ मंसिर २०७९, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने