काठमाडौं । राप्रपाले समानुपातिकतर्फको सांसदको टुंगो लगाउनका लागि बैठक बोलाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शनिबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक तय भएको जानकारी दिए ।
उनका अनुसार बैठकमा निर्वाचनको समीक्षा एवं निर्वाचन आयोगले दिएको समयसीमाभित्र प्रतिनिधि सभा तर्फको ७ र विभिन्न प्रदेशसभातर्फको १७ समानुपातिक सदस्य टुंगो लगाउने विषयमा छलफल हुनेछ ।
बैठक शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ । राप्रपाले निर्वाचनबाट प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ गरेर समानुपातिकमा २४ सिट भाग पाउँदा प्रत्यक्षसमेत गरेर ४२ सिटमा जितेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ मंसिर २०७९, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग